काठमाडौं । नेपाल आइडल सिजन ५ का उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार बेलुका सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै परियारले उपाधि जितेका हुन् ।
विजेता परियारले बिभिन्नउपहारका साथ नगद २५ लाखसहित प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो, दार्जिलिङका सचिन विश्वकर्मा तेस्रो भए । गुरुङले १० लाख र विश्वकर्माले ५ लाख प्राप्त गरेका छन् । दार्जिलिङकै मोहित भुजेल चौथो भए ।
नेपाल आइडलको ५ औं संस्करणको निर्णायक मण्डलमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी रहेका थिए ।
