काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा संलग्न जिबि राईका बिषयमा गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रश्न उठाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जिबि राई मलेशियामा रहेको लोकेशन पत्ता लागिसकेको भन्ने अभिव्यक्तिपछि पनि उनलाई नेपाल नल्याइएको भन्दै जिबि राईका बिषयमा गृहमन्त्रीले स्टन्डबाजी गर्न खोजेको आरोप लगाउनुभयो ।
शर्माले जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति पनि प्रश्न उठाउनुभयो । उहाले गोरखा मिडियाका तत्कालिन मालिकमध्ये एकजना गृहमन्त्री भएको अवस्थामा अर्का मालिक जिवि राइलाई गृहमन्त्रीले नै भगाउन खोजेको हो भन्दै प्रश्न गर्नुभयो ।
उहाले सूर्यदर्शन सहकारीका पीडित अदालतमा इजलासमा बहस सुन्न जाँदा प्रहरीले गेटमा रोकेको जनाउनुभयो । उहाले कास्कीमा सहकारी छानविनको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतलाई एक बर्ष नपुग्दै गृहमन्त्रीको निर्देशनमा सरुवा गरेको भन्दै आपत्ती जनाउनुभयो ।
