काठमाडौं । काठमाडौं महानगरको डोजर आतंक बन्द गर भन्दै कवाड व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा रिङरोडभित्रका कवाड हटाउने निर्णयको विरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध माइतिघरमा विरोध प्रदर्शन गरिएको हो ।

आफुहरुको व्यवसायलाई विस्थापीत गर्ने उदेश्यले रिङरोडभित्रका कवाड हटाउने निर्णय भएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरुले जनाएका छन् ।

काठमाडौं महानगरले अदालतको आदेशसमेत नमानेको भन्दै कवाड व्यवासायीहरुले गरिवलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागीहरुले कवाडीमाथि डोजर आतंक बन्द गर, अदालतको निर्णयको सम्मान गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।




