काठमाडौं । लगातार तीन दिनसम्म घटबढ नभएको सुनको भाउ आज भने छ सय रुपैयाँले बढेको छ । आज सुन छ सय रुपैयाँले बढेर तोलाको एक लाख ४१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तीन दिनयता सुनको भाउ स्थिर रहेर एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज पाँच रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
