काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सहकारी प्रकरणमा फरार जीवी राईलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद शाहीले अहिलेको अवस्था हेर्दा देश भन्दा ठूलो जीवी राई देखिएको भन्दै उनलाई छिटो भन्दा छिटो पक्राउ गरि स्वदेश ल्याउन माग गर्नुभएको हो ।
आकास पाताल जहाँबाट भएपनि राईलाई पक्राउ गरेर ल्याउछौ भनेर गृहमन्त्रीले भनेकाले कहिले पक्रेर ल्याउने हो हेरेर बसेको उहाले बताउनुभयो । शाहीले आज साना साना कुरा मात्रै नभई ठूला ठूला भ्रष्टाचार र अनियमितताका फाइल खोल्न सुझाव दिनुभयो ।
उहाले गिरीबन्धु प्रकरणका बिषयमा पनि छानविन गर्दै सत्यतथ्य संसदलाई जानकारी गराउन माग गर्नुभयो । त्यस्तै शाहीले भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीलाई कुनै प्रदेशको मुख्यमन्त्री जस्तो सम्मान व्यवहार गरिएको भन्दै आपत्ति जनाउनुभयो ।



