काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा सदनलाई जानकारी गराउन माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको भारत भ्रमण र सो क्रममा भएको छलफलका बिषयमा सदनमा जानकारी गराउन माग गर्नुभएको हो ।
उहाले भारतमा जो सुकै दलको सरकारको आएपनि नेपाललाई दमन गर्ने नीति देखिएको भन्दै भारतलाई नेपालले हेर्ने नीति के हो भन्दै प्रश्न गर्नुभयो । उहाले भारतले नै सार्कलाई निष्कृय पार्न खोजिएको भन्दै सार्कको अध्यक्षको हैसियतले नेपालले यसबारेमा भारतसंग छलफल गर्नुपर्ने धारणा राख्नुभयो ।
अहिले पनि नेपाल भारत सीमाको समस्या, इपिजीको समस्या जस्ताको तस्तै रहेकोले प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्रीसंग भएका बिषयको जानकारी गराउनका लागि रुलिङ गर्न माग गर्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भइ प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्कनुभएको थियो ।
