काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ४१ हजार पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख ४० हजार ३०० पुगेको छ ।
यस अघि शुक्रबार सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यो अहिलेसम्म नेपालमा कायम भएको उच्च मुल्य थियो ।
त्यस्तै आज चाँदीको मूल्यपनि घटेको छ। चाँदी तोलामा ७५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार तोलाको १९०० मा कारोबार भएको थियो ।
