काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल हुनेछ । छलफलपछि अर्थमन्त्री वर्षमान पुनले राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।
बैठकमा विनियोजन विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
अर्थमन्त्री पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ। “राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । यसपछि बैठकमा अर्थमन्त्री पुनले “राष्ट्र ऋण उठाउने विधेयक, २०८१ू ,भन्सार महशुल विधेयक, २०८१” प्रस्तुत गर्नेछन् ।
