काठमाडौं । सुनको मुल्य आज बिहीबार २ लाख ८८ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य १ हजार १ सय रुपैयाँ घटेको हो । अघिल्लो दिन २ लाख ८९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदी आज तोलामा २२० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार २५५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।
