काठमाडौं । नेपालबाट भारत जाने वा भारतबाट उडान भरने यात्रुहरूका लागि हवाई यात्रामा पावर बैंक बोक्न पूर्ण रूपमा रोक लगाइएको छ।
भारतको नागरिक उड्डयन महानिर्देशनालय (DGCA) ले जारी गरेको नयाँ सर्कुलर र निर्देशनलाई पालना गर्दै नेपाल एयरलाइन्सले एक सार्वजनिक सूचना जारी गरी यो नयाँ नियमबारे जानकारी गराएको हो।
नयाँ नियम लागू भएसँगै अब यात्रुहरूले भारततर्फको उडानका क्रममा क्याबिनको ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गो—कुनै पनि रूपमा पावर बैंक लैजान पाउने छैनन्। हवाई सुरक्षालाई ध्यानमा राखेर यो कडाइ गरिएको हो।
त्यसैले, भारत उडानको तयारीमा रहेका यात्रुहरूलाई झोला वा ब्यागेजमा पावर बैंक नराख्न र उडान अघि यससम्बन्धी नियममा ध्यान दिन आग्रह गरिएको छ।
