वीरगंज २१ भदौ । दिउँसो सर्वसाधारणलाई जुवा खेलेको आरोपमा पक्राउ गर्दै हिँड्ने प्रहरी निरीक्षक पौडेल रातिको समयमा भने आफैं क्यासिनो पुगेर जुवा खेल्ने गरेको आरोप लागेको हो।
अरूलाई कानुन सिकाउने प्रहरी अधिकारी आफैं क्यासिनोमा पुगेको हो भने कानुन कसका लागि?’ भन्ने प्रश्न अहिले उठेको छ।
प्रहरीको जिम्मेवार पदमा बसेका अधिकारीमाथि लागेको यस्तो आरोप सामान्य विषय नभएको भन्दै घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसमेत उठेको छ। आरोप पुष्टि भए प्रहरी संगठनको आचारसंहिता, जिम्मेवारी र नैतिकतामाथि गम्भीर प्रश्न उठ्ने देखिन्छ।
यस प्रकरणमा प्रहरी निरीक्षक पौडेलले क्यासिनो गएको हो वा होइन, गएको भए जुवा खेलेको हो कि होइन, त्यसको सत्यतथ्य सम्बन्धित निकायले छानबिनमार्फत स्पष्ट पार्नुपर्ने देखिन्छ।
दिउँसो जुवाडे पक्राउ, राति आफैं जुवा?
यदि यो आरोप सत्य सावित भयो भने, यो केवल एक प्रहरी अधिकारीको व्यक्तिगत आचरणको विषय मात्र नभई कानुन कार्यान्वयन गर्ने निकायभित्रको दोहोरो मापदण्डमाथि गम्भीर प्रश्न बन्नेछ
