काठमाडौं । आज एकैदिन सुनको भाउ तोलामा ८ हजार ८०० रुपैयाँ घटेको छ । सुन आज तोलामा ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ पनि १८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ४ हजार ७६५ रुपैयाँ कायम रहेकोमा आज चाँदीको भाउ १८५ रुपैयाँ घटेर आज ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ ।
