वीरगंज,११ भदौँ । सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले रसुवा जिल्लामा विपद्का कारण प्रभावित बनेका नागरिक तथा परिवारका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ।
अध्यक्ष यादवले आफ्नो व्यक्तिगत फेसबुक अकाउन्टमार्फत रसुवामा आएको विपद्बाट प्रभावित नागरिकको राहत तथा सहयोगका लागि उक्त रकम व्यक्तिगत रूपमा उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो।

विपद्को कठिन परिस्थितिमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै अध्यक्ष यादवले आफ्नो तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभएको बताइएको छ। आफ्नो स्थानीय तहभन्दा बाहिर विपद्मा परेका नागरिकलाई समेत सहयोग गर्ने उहाँको निर्णयले जनप्रतिनिधिमा मानवीय संवेदना र सामाजिक सहकार्यको सकारात्मक सन्देश दिएको छ।
अध्यक्ष यादवको सहयोग घोषणालाई सामाजिक सञ्जालमा सकारात्मक रूपमा लिइएको छ। विपद्का बेला प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकार, स्थानीय तह, संघसंस्था तथा व्यक्तिहरू सबैको सहयोग आवश्यक रहेको बताइएको छ।
रसुवामा विपद्बाट प्रभावित नागरिकका लागि अध्यक्ष यादवले घोषणा गर्नुभएको ५ लाख रुपैयाँ सहयोग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। उहाँले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै मानवीय भावनाका साथ सहयोगको पहल गर्नुभएको हो।
