पर्सा, १८ कार्तिक।
पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज एक समारोहका बीच भव्य रुपमा उद्घाटन गरिएको छ। नवनिर्मित प्रशासनिक भवन को उद्घाटन प्रमुख अतिथि रहनु भएका उधोग बाणिज्य तथा अापुर्ती पुर्ब मन्त्री रमेश रिजाल ले पुजापाट गरि बिधवत रुपमा फिता काटेर,र सिलालेख मा अावरन गरि उद्घाटन गर्नु भएको थियो। नयाँ प्रशासनिक भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको सेवा प्रवाह थप व्यवस्थित, सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

लामो समयदेखि प्रशासनिक सेवा सञ्चालनमा भोग्दै आएको भौतिक पूर्वाधारको समस्यालाई समाधान गर्ने उद्देश्यले २०८१ मा गाउँपालिका बाट निर्णय गरि २ करोड ३५ लाख को लागत मा झखरा मसिहानी गाउँ मा प्रशासनिक भवन निर्माण गरिएको उक्त भवनले स्थानीय नागरिकलाई एउटै स्थानबाट विभिन्न सरकारी सेवा प्राप्त गर्न सहज बनाउने विश्वास गरिएको छ।

नवनिर्मित भवनबाट गाउँपालिकाको प्रशासनिक कामकाजलाई व्यवस्थित बनाउनुका साथै सेवाग्राहीलाई छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष श्रीकान्त यादव को अध्यक्ष्ातामा सम्पन्न भएको थियो।गाउँपालिका को नवनिर्मित प्रशासनिम भवन को पुजापाठ र गाई लाई प्रबेश गराएर पुजा गरि संचालन मा ल्याएको अध्यक्ष यादव ले बताए । कार्यक्रम मा स्वागत मन्तब्य प्रमुख प्रशासकिय अधिकृत सुनिल कुमार केसरी ले गर्नु भएको थियो। उद्घाटन समारोह मा मधेश प्रदेश का वन तथा बाताबरण मन्त्री शंकर प्रसाद चौधरी, पुर्व कृषि मन्त्री जनार्दन सिंह क्षेत्री, नेपाली काँग्रेस का महाअधिबेशन प्रतिनिधि बशिष्ठनारायण कुर्मी, नेता रमेश पाण्डे , पुर्व साँसद पहलाद गिरी, पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश चौधरी, बिरगंज महानगरपालिका को उपमेयर ईमतियाज अालम,नवीन सिंह, गाउँपालिका उपाध्यक्ष बबिता सिंह क्षेत्री,किशोरी साह,ममता महतो,नेपाली काँग्रेस का पर्सा कोषाध्यक्ष प्रेम बहादुर थापा,गाँउपालिका लेखापाल सन्देश कुशवाहा, वडाध्यक्ष स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, कर्मचारी,शिक्षक, समाजसेवी, बुद्धिजीवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ प्रशासनिक भवन गाउँपालिकाको विकास, सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गर्दै भवनको उचित संरक्षण र प्रभावकारी उपयोगमा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका थिए।
नवनिर्मित प्रशासनिक भवनले जगरनाथपुर गाउँपालिकाको संस्थागत विकासमा नयाँ आयाम थप्नुका साथै नागरिकमैत्री सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। कार्यक्रम संचालन शिक्षक रुपनारायण साह ले गर्नु भएको थियो।कार्यक्रम मा भोजपुरी गायक सुनिल पण्डित र स्थानिय बिधालय का छात्रा हरु ले स्ासकृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो।
