काठमाडौं । सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा २६० रुपैयाँले बढेको छ । आज बढेर ४ हजार ८५५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
