काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) २०२५ को रिजल्ट आज राति आउँदै छ। अमेरिकी दुतावासका अनुसार मे ४ अर्थात आज राति ९ बजे रिजल्ट सार्वजनिक हुन लागेको हो ।
यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुने अमेरिकन डिभि शाखाले जानकारी दिएको छ ।
डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका लागि आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई राखेर हेर्न सकिन्छ । यो नै इडिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको दूतावासले जनाएको छ ।
