काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज र भोलि विभिन्न प्रदेशमा हल्का,मध्यम र ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकरदुई ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी–नाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ । यस्तै, भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ ।
ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
