काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकैदिन तोलामा १० हजार ५०० रुपैयाँले घट्दै तोलाको २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार २०० रुपैयाँ थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३०५ रुपैयाँले घटेर ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ९४५ रुपैयाँ थियो ।
