काठमाडौं । आज पनि सुनको भाउ घटेको छ । आज तोलामा ९०० रुपैयाँले घटेर सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
हिजो पनि सुन तोलामा आठ हजार २०० रुपैयाँले घटेको थियो । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलामा ३३५ रुपैयाँले घटेको चाँदी आज भने १० रुपैयाँले बढेको हो ।
आज तोलाको चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
