काठमाडौं । आज सुनचाँदीको भाउ सामान्य बढेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेको हो । हिजो तोलाको ३ लाख १० हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ३ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँले बढेको थियो । यस्तै आज चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेर तोलाको ५ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
