१७ जेठ, काठमाडौं । छोराको हत्या गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासीको गैंडाकोट नगरपालिका–१५ का ६३ वर्षीय डम्बर गिरी छन् । उनले ४३ वर्षीय छोरा शंकरको हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवाद हुँदा डम्बरले छोरालाई धारिलो हतियार खुर्पाले हानेको प्रहरीले बताएको छ । खुर्पा प्रहारबाट गम्भीर घाइते उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका बाबुलाई कर्तव्य ज्यानको कसुरमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
