वीरगञ्ज । वीरगञ्जको हरिखेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरुले तोडफोड गरेका छन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ ।
परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, मानसिक यातना दिने जस्ता गतिविधि गरेर हैरान गरेको भन्दै विद्यार्थीहरूको गुनासो छ ।
‘पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन,’ विरोधमा सहभागी एक विद्यार्थीले भने, ‘तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना काम दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’
परीक्षा समाप्त भएपछि आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध गर्दै ढुङ्गामुढा समेत प्रहार गरेका थिए । नेशनल इफोटेक कलेजको परिक्षा सेण्टर हरिखेतान कलेज तोकिएकोमा सेण्टरमा बिधार्थीहरुलाई दुर्व्यहार गरेको तथा अनावश्यक रुपमा मानसिक याताना दिएको बिधार्थीहरुको भनाई छ ।
तर हरिखेतना क्याम्पसका क्याम्पस प्रमुख किशोरी राय यादवले परिक्षा मर्यादित रुपमा सम्पन्न भएको तथा चिट चोर्न नपापछि आक्रोशित विधार्थीहरुले क्याम्पसमा तोडफोड गरेको बताए । उनलेको क्याम्पसको कक्षा कोठा रिसेप्सन तथा क्याम्पस परिसरमा पार्किङ्ग गरी राखिएको सवारी साधानमा बिधार्थीहरुले तोडफोड गरेको बताए ।
बिधार्थीहरुले दर्जनौ मोटर साईक तथा दुई वटा ठूला सवारी साधान तोडफोड गरेका छन् । क्याम्पस प्रमुख रायका अनुसार क्षतिको विवरण हाल संकलन नगरिएको भएपछि क्याम्पसमा बिधार्थीहरु ठूलो क्षति पु¥याएका छन् । परिक्षा सकिए लगतै बिधार्थी तथा अभिभावकहरु समेत आक्रोशित भएको एवं तोडफोडमा उत्रिएको एक प्रत्यक्षदर्शीले बताए ।
क्याम्पस प्रमुख रायका अनुसार परिक्षाको क्रममा कुनै किसिमको बिबाद नभएको एवं परिक्षा म्यार्दित रुप सम्पन्न भएको छ । उनले चिट चोर्न नपाएपछि क्याम्पसमा तोडफोड गर्नु दुःखद रहेको बताए । कोहि कसैले बिधार्थीहरुलाई अपमान जनक शब्द प्रयोग गरेको अथवा मानसिक यातना दिएको प्रमाण भए आफुले त्यसता शिक्षक तथा शिक्षिकाहरुलाई कारवाही गर्ने क्याम्पस प्रमुख रायले बताए ।
बिगतमा नेशनल इनफोटेक कलेजका बिधार्थीहरुलाई चिट चोर्ने वातावरण वीरगञ्जमा परिक्षा प्रमुख तथा परिवेक्षकहरुकै मिलोमतोमा मिलाउने गरिएको भएपनि यसपाली चोट चोर्न नदिएपछि बिवाद उत्पन्न भएको नाम नछापर्ने शर्तमा एक शिक्षकले बताए ।
बिधार्थीहरुले ढुङ्गामुढा प्रहार गर्दै क्याम्पसका फर्निचर गाडी लगायतका समानहरुमा क्षति पु¥याएका छन् । क्याम्पस परिसरमा ठूलो मात्रामा प्रहरी परिक्षालन गरे पछि स्थिती समान्य भएको थियो । यद्यपी कलेजबाट बाहिर निस्किेका बिधार्थीहरु क्याम्पस गेटमा एवं घण्टाघर चोकमा जम्मा भएर नारावाजी गर्दै आजको परिक्षा रद्द गर्नु पर्ने माग गरेका छन् ।
बिधार्थीहरुको आन्दोलनको कारण घण्टै सम्म परिवेक्षकहरु क्याम्पस परिसरमै थुनिएका थिए । बिधार्थीहरुले परिवेक्षकहरुलाई बाहिर भेटिए ज्यान मार्ने धम्की समेत दिएको एक परिवेक्षकले बताए । परिक्षा मयार्दित गर्ने नाममा बिधार्थीहरुको जीवनसँग खेलवाड गरिएको बिधार्थीहरुको भनाई छ ।



