१५ जेठ,काठमाडौं । सरकारले नेपाल टेलिकम को सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सङ्घीय सरकारको ६६ प्रतिशत सेयर स्वामित्व कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गरिने जानकारी दिएका हुन्।
अर्थमन्त्री वाग्लेले सेयर बिक्रीबाट प्राप्त हुने रकम नेपाललाई ‘टेक हब’का रूपमा विकास गर्न उपयोग गरिने बताएका छन्।
सरकारको यो निर्णयलाई सूचना प्रविधि तथा दूरसञ्चार क्षेत्रको विस्तार र निजी क्षेत्रको सहभागिता बढाउने रणनीतिका रूपमा हेरिएको छ।
