काठमाडौं । २०८३ सालको पहिलो दिन स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । हिजो ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० मा कारोरबार भएको सुनको भाउ आज ३१ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलाको दुई लाख ९९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १६५ रुपैयाँले बढेर पाँच हजार ६५ रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको ४ हजार ९०० रुपैयाँ थियो ।



