वीरगञ्ज । बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ । उनीहरूलाई मंगलबार बारा जिल्ला अदालतमा दाखेल गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले प्रेस विज्ञप्ति मार्फत दिएका छन्।
प्रहरी कारवाहीको क्रममा फरार रहेका ती प्रतिवादीहरूलाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउमा जिल्ला प्रहरी कार्यालय बारासँगै मातहतका प्रहरी टोली सक्रिय रहेको थियो।
पक्राउ परेका मध्ये, कलैया उपमहानगरपालिका वडा नं.१९ का ४९ वर्षीय ओसि महम्मद ठकुराईलाई चेक अनादर मुद्दामा एक महिना कैद र ३ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
त्यस्तै, कलैया उपमहानगरपालिका – ६ का ६५ वर्षीय मोहनलाल प्रसाद साहलाई चेक अनादर मुद्दामा २ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको थियो। प्रहरीले बाँकी फरार प्रतिवादीहरूलाई पनि कानूनी प्रक्रिया अनुसार कारबाही अघि बढाइरहेको जनाएको छ।



