काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिनुभएको छ ।
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा देउवाले कांग्रेसको विरोध गर्दैमा मदन भण्डारीको हत्यारा पत्ता नलाग्ने भन्दै पटक पटक सत्तामा पुग्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नुको कारण खोज्न एमालेलाई सुझाव दिनुभएको हो । मदन भण्डारीको रहस्यमय ढंगले हत्या भएको भन्दै उहाले हत्यारा खोज्न कसले रोकेको छ भन्दै प्रश्न गर्नुभयो ।
त्यस्तै सभापति देउवाले मुलुकको व्यवस्थाको सुदृढ गर्दै मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउने सवैको जिम्मेवारी भएको भन्दै दलहरुबीच सहमतिका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
संसदमा प्रतिपक्षीले उठाएका बिषयहरुलाई सरकारले गम्भीरतापूर्वक र सकारात्मक रुपमा ग्रहण गर्नुपर्ने उहाले बताउनुभयो । उहाले लोकतन्त्रको मूल्यमान्यताका साथ प्रतिवद्ध भएका कांग्रेसको गतिविधिहरु अघि बढ्ने जिकिर गर्नुभयो ।
