काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानबाट गोली चलाएर दुई जना लागूऔषध कारोबारी पक्राउ गरेको छ । उनीहरु को साथबाट किलो भन्दा बढी खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध कारोबारी दुई जना भारतीय नागरिक र उनीहरुले प्रयोग गरेको गाडी समेत नियन्त्रणमा लिएको जनाएको छ । विशेष सूचनाको आधारमा उनीहरुलाई पक्रन लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसरको टोलीले गएराति संयुक्त कारबाही चलाएका थिए ।त्यसक्रममा गोली नै चलाउनुपर्ने अवस्था आइलागेको प्रहरीको भनाइ छ ।



