काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदै छ । अहमदवादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि सुरु हुने छ । जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ६ खेलमा ३ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ ।
त्यसै गरी दिल्लीले भने अहिलेसम्म खेलेका ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । गुजरात यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ। गुजरात पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।
त्यसै गरी दिल्ली ऋषव पन्तको कप्तानीमा यस सिजनको आईपीएल खेल्दै छ। दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आईपीएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् ।
दिल्ली आईपीएल २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौँ स्थानमा रहेको थियो ।



