वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ता (लिपनीमाल) मा रहेको एक उद्योगमा आज भीषण आगलागी भएको छ। स्थानीय विजया श्री लेमिनेट प्रा.लि. मा रहेको बोइलर च्याम्बर पड्किएपछि आगलागी भएको हुनसक्ने अनुमान स्थानीयवासीहरूले गरेका छन्।
आगलागीको जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। घटनास्थलमा खटिएका एक प्रहरी अधिकारी का अनुसार उद्योगमा लागेको आगो निकै भीषण रहेको र नियन्त्रणका लागि थप जनशक्ति तथा दुई वटा वारुण आगो निभायने कार्य हुदै छ ।
आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ तथा मेसिनरी उपकरणहरूमा ठूलो क्षति पुगेको हुनसक्ने अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
