काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बुधबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले उकालो लागेको हो ।
मूल्यमा भारी वृद्धि भएसँगै बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकिएको छ । मंगलबार यसको कारोबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा भएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ४ सय ७५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
