वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ स्थित चोर्नी टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगन्ज औद्योगिक नगरी भए तापनि यहाँका युवाहरू रोजगारीको अभावमा बेरोजगार बस्न बाध्य भएको तथा रोजगारीको खोजीमा विदेश पलायन हुनुपरेको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे।
उनले आफू निर्वाचित भए पर्सा क्षेत्र नम्बर–१ का एकजना युवा पनि बेरोजगार नरहने गरी स्वरोजगार सिर्जनाका लागि विशेष योजना र पहल गर्ने प्रतिबद्धता जनाए। सरार्फले निकास र विकासका लागि जनमत पार्टी र ‘हर्न’ चुनाव चिन्ह नै एकमात्र भरपर्दो विकल्प रहेको उल्लेख गर्दै सम्पूर्ण मतदातालाई जनमत पार्टीको पक्षमा गोलबन्द हुन आग्रह गरे।
उक्त कार्यक्रममा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू विध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, डा। मनोज कुमार, दिनानाथ साह, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सरोज पटेलसहित सयौ स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले युवाको रोजगारी, स्वरोजगार र क्षेत्रको समग्र विकासका सवालमा उम्मेदवार सरार्फको प्रतिबद्धतालाई सकारात्मक रूपमा लिएको स्थानिय हरु बताएका छन्।
