बारा । भारतबाट तस्करी गरि ल्याउँदै गरेको औषधी बाराको सीमा नाकाबाट प्रहरीले बरामद गरेका छन् । बारा जिल्लाको सुवर्ण गाँउपालिका वडा नम्बर ३ कबहीस्थित नेपाल–भारतको दशगजा क्षेत्रबाट प्रहरीले ५५ हजार रुपैयाँ मुल्यको औषधी बरामद गरेको छ ।
बुधबार राति ईलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरी टोलीले टाँउकोमा बोरा बोकर भारतबाट आउँदै गरेका तस्करलाई रोक्न खोज्दा बोरा फालेर तस्कर भागेका थिए ।
उक्त बोरा खोलेर हेर्दा त्यसमा विभिन्न प्रकारका औषधी बरामद गरिएको र त्यसको बजार मूल्य ५५ हजार रुपैयाँ मुल्यांकन गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक दधिराम न्यौपानेले बताए ।



