काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले बढेर दुई लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्य ५५ रुपैयाँले बढेर प्रतितोला ३८०५ रुपैयाँमा कारोबार भईरहेको छ ।
