काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ हजार ९ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ४४ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला एक सय ७० रूपैयाँले बढेको छ। बुधबार प्रतितोला तीन हजार एक सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार तीन हजार तीन सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
