काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार ९ सय रूपैयाँले बढेर २ लाख ४६ हजार ४ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ४१ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १०५ रूपैयाँले बढेको छ । सोमबार तोलाको ३ हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार १ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
