जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले कर्तव्य ज्यान मुद्दामा संलग्न भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार वीरगंज महानगरपालिका–२१परवानीपुरका २२ वर्षीय राजकुमार महतो (भुढा) लाई पक्राउ गरिएको हो।
उनी २०८१ साल माघ १६ गते परवानीपुरस्थित जन्तिमा नाचगान को बिबाद भई मारपिटमा जंग बहादुर महतोको हत्या प्रकरणमा संलग्न भई फरार रहेका थिए। प्रतिबादी पक्राउ परेका छन।
घटनापछि फरार रहेका महतोविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको थियो। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज–१६ शंकराचार्य गेट नजिक सडक खण्डबाट महतो लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका महतोमाथि आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेत, सूचना अधिकारीका अनुसार, पक्राउ परेका प्रतिवादीलाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।



