रौतहटको फतुवाबिजयपुर–२ सितलपुर निवासी ५० वर्षीय शंकर साहको हत्या भएको १५ दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको भन्दै पीडित परिवारले स्थानीय प्रहरीमाथि गम्भीर आरोप लगाएको छ।
मृतकका छोराले इलाका प्रहरी कार्यालय फतुवाबिजयपुरका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र यादवले हत्यारालाई कारबाही गर्नुको सट्टा जोगाउने काम गरिरहेको आरोप लगाएका छन्।
मृतकका छोरा सन्तोष साहका अनुसार उनी र उनका पिता शंकर साहमाथि पटक–पटक धम्की दिने, कुटपिट गर्ने र अन्ततः हत्या गर्ने कार्यमा हरिदेव राय यादव, कपिलदेव राय यादव, ब्रह्मदेव राय यादव, सरेश राय यादव, अरबिन्द कुमार यादव, रितेश कुमार यादवलगायतका स्थानीय व्यक्तिहरू संलग्न रहेका थिए।
हामीलाई न्याय चाहिएको हो। तर यहाँका इन्स्पेक्टर सुरेन्द्र यादव हत्यारालाई जोगाउन लागेका छन्। किन जोगाइरहेका छन्? पैसा लिएर हो कि जातीय कारणले हो, हामीलाई थाहा छैन। तर प्रहरीको काम अपराधीलाई बचाउने होइन, कारबाही गर्ने हो। तर यहाँ त उल्टै पीडितलाई तर्साउने काम भइरहेको छ। संतोष को भनाई रहेको छ ।
उनका अनुसार हत्यामा संलग्न व्यक्तिहरूले घटना अघि नै आफूहरूलाई धम्की दिँदै आएका थिए,
हामी जे भने पनि प्रहरी मान्छे हाम्रो हो, तिमीहरूले केही गर्न सक्दैनौ,” भन्दै खुलेआम उनिहरु दादागिरी गरिँदै आएको थिए।
घटना लगत्तै उजुरी दिएपनि अनुसन्धानमा ढिलाइ, प्रमाण संकलनमा कमजोरी र घटनालाई कमजोर बनाइ हत्यारालाई सफाइ दिन खोजिएको आरोप परिवारको रहेको छ।
न्याय का लागी पीडित परिवार अब पत्रकार, नागरिक समाज, स्थानीय नेतृत्वसँग सक्रिय सहयोगको अपिलमा उत्रिएका छ।
यो घटना मा पुर्ब मंत्री तथा आजपा
अध्यक्षप्रभु साहले कडा ध्यानाकर्षण गराएका छन ।
उक्त घटनाबारे आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृह प्रशासनको गम्भीर ध्यानाकर्षण गराएका छन्।
साहले सामाजिक सञ्जालमार्फत भनेका छन
घटनाको निष्पक्ष छानबिन गर्नु पर्ने प्रहरीकै जिम्मेवार अधिकारीले हत्याराकै बचाउमा लाग्नु अत्यन्तै दुःखद छ। कर्तव्य च्युत गर्दै पीडितलाई अन्याय गर्ने, न्याय प्रक्रियामा अवरोध ल्याउने इन्स्पेक्टर सुरेन्द्र यादवलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयलाई ध्यानआकर्षण साहले गराए ।”
