काठमाडौं । नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख २३ हजार पुगेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १३ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख २३ हजार पुगेको हो । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
महासंघका अनुसार आज २० रुपैयाँले बढेर एक तोला चाँदीको मूल्य २७ सय पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । अघिल्लो दिन मंगलबार एक तोला चाँदी २६ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
