काठमाडौं । आज दिउँसो बानेश्वरस्थित संसद भवनमा प्रदर्शनकारीले आगजनी गरेका छन् । प्रदर्शनका क्रममा आक्रोशित भीडले संसद् भवन परिसरमा प्रवेश गरी भवनमा आगो लगाएको हो ।
यस घटनाअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा पनि आगजनी गरेका थिए । यस प्रकारका घटनाले राजधानीमा तनावको स्थिति सिर्जना भएको छ ।



