काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी आन्दोलनले देशभरि हंगामा मच्चाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । देशभरि भएको प्रदर्शन र दबाबपछि उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।
पछिल्लो समय युवाहरूले सामाजिक सञ्जालमार्फत सुरु गरेको आन्दोलनले देशव्यापी रूप लिएको छ । देशभरका प्रमुख सहरहरूमा सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । रास्वपा र राप्रपा लगायतका केही प्रमुख दलहरूले पनि सरकारको विरोध गर्दै आफ्ना सांसदहरूलाई राजीनामा गराइसकेका छन् । यस राजीनामासँगै अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।



