वीरगञ्ज । बारा प्रहरीले भन्सार छली गरी ल्याइँदै गरेको लत्ताकपडासहित एक टेम्पो नियन्त्रणमा लिएको छ । बिश्रामपुर गाउँपालिका–५, नकटुवा नजिकैबाट मंगलबार दिउँसो करिब ३ बजे ना.२ ह ५६७६ नम्बरको टेम्पो पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार मटिअर्वाबाट वीरगञ्जतर्फ चोरी पैठारी हुँदै गरेको सूचनाका आधारमा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो । प्रहरीलाई देखेपछि चालक फरार भएका कारण टेम्पो वेवारिसे अवस्थामा फेला परेको हो ।
बरामद सामग्रीमा लेडिज कुर्ता सुट, ब्लाउज, कुर्ता–सलवार, गम्छा, कोट–सुटका पाइन्ट, पूजाका कपडालगायतका थान रहेका छन् । कपडा राखिएका प्लास्टिकका बोरासहित टेम्पो अहिले आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
