काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसमा जान श्रम स्वीकृति खुल्ला निर्णय गरेको भन्दै आपत्ती जनाउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै पौडेलले अहिलेको अवस्थामा रुस जान रोक लगाउनुपर्नेमा सरकारले नै श्रम स्वीकृत खुल्ला गरेको भन्दै आपत्ती जनाउनुभएको हो । मानवतस्करहरुलाई अनुकुल हुने गरि श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको उहाले आरोप लगाउनुभयो ।
उहाले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फर्काउन सरकार असफल भएको भन्दै अन्तराष्ट्रिय समूदायसंग आग्रह गर्न सुझाव दिनुभयो । रुसी सेनामा रहेका नेपालीको संख्यामा बारेमा पनि सरकार वेखबर रहेको उहाले बताउनुभयो ।
उहाले मृत्यु भएका नेपालीहरुका आफन्तको डिएनए परिक्षण गर्ने नाममा थप पिडा दिने काम भएको समेत बताउनुभयो । पौडेलले नागरिकहरु पिडामा हुदा परराष्ट्रमन्त्री देशमा नवस्ने र रुसमा रहेका नेपालीका बिषयमा वेखबर हुन नमिल्ने भन्दै सरकारको ध्यान जान जरुरी रहेको धारणा राख्नुभयो ।



