काठमाडौं । आज सुनको मूल्यमा गिरावट देखिएको छ । साताको दोस्रो दिन आज सुनको मूल्यमा गिरावट देखिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार एक लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । उता, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
