काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो । तर, प्रधानमन्त्री अस्वस्थ भएपछि उक्त कार्यक्रम रोकिएको संघीय सचिवालय जनाएको छ ।
सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्री सँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ । प्रधानमन्त्री ओली आज संसद बैठकमा उपस्थित भएका छैनन् ।
प्रधानमन्त्रीको सचिवालयले सामान्य रुघाखोकी लागेकाले ओली आराम गरिरहेको जनाएको छ । सोमबार दिउँसो विदेशी पाहुनासँग भेटघाट गरेपनि साँझबाट असहज महशुस गरेका हुन्। प्रधानमन्त्री अस्वस्थ भएपछि सोमबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक समेत स्थगित भएको थियो ।
