काठमाडौं । आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन तोलाको सोमबारकै मूल्यमा १ लाख ८४ हजार ८ सय रुपैयाँमै किनबेच भइरहेको हो ।
आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ । तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ थियो।
