काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य घटेको छ । मंगलबार सुनको मुल्य प्रतितोला २ हजार रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि मुल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन पनि सुनको मुल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँ घटेको थियो । सोमबार सुन तोलाको १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
दुई दिनमै सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँ घटेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
