काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षाक दुर्लभकुमार थापाको निधन भएको छ। थापाको मंगलबार निधन भएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ। उनको ९७ वर्षको उमेरमा निधन भएको प्रहरीको भनाइ छ।
२०३५ सालमा उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए। उनकै अग्रसरतामा आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो।
