काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिन (शुक्रबार) को भन्दा १ हजार ९ सय रुपैयाँले कम हो ।
त्यस्तै, चाँदीको मूल्य पनि घट्दै आइतबार प्रतितोला १ हजार ८ सय रुपैयाँमा झरेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ८ सय ७० रुपैयाँ थियो, जसअनुसार आज ७० रुपैयाँको गिरावट आएको हो ।
