वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का साँसद प्रदिप यादवले भारतमा चामल सस्तो भएकोले त्यहाँबाट चामल खुलेयाम रुपमा तस्करी भईरहेको बताएका छन । प्रतिनिधी सभाको बैठकमा बोल्दै उनले नेपाली भन्सारमा ६ सय रुपैया प्रतिककिलो भन्सार शुल्क लाग्ने गरेको भएपनि तस्करहरुले त्यही काजुलाई प्रतिकिलो एक सय केजीमा तस्करीमार्फत काठमाडौंसम्म पुरयाउने गरेको जिकिर गरे । काठमाडौं बस्ने आफुसहित अर्थमन्त्रीले समेत तस्करीकै खाजु खाईरहेको यादवको भनाई थियो । स्वदेशी उधोगलाई प्रोत्साहनको लागि कच्चा पदार्थको भन्सार शुल्क महँगो भएकाले स्वदेशी उधोगहरु डुब्दै गएको बताए ।



