राज सरार्फ, वीरगञ्ज । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय वीरगञ्जबाट बिभिन्न रोगका बिरामीहरुले निशुल्क रुपमा चिकित्सालयको प्रशिक्षक बाट योग सिकी सहज जिवनयापन गरिरहेका छन । चिकित्सालय मा चिसो याममा दैनिक २० देखि २५ तथा गर्मी याम शुरु भएपछि ५० जना सम्म सर्बसाधारण हरु योग गर्न आउछ ।
हामी प्रशिक्षक बाट बिहान ५:३० बजे देखी ७:०० बजे सम्म बिभिन्न रोग बारे योगा सिकाउने गर्छौ अहिले को अवस्थामा सबभन्दा बढी कमर दर्द घडा दुखाइ तथा स्पाइनल नसा सम्बन्धि रोग बढेकोले कुन रोग मा कसरी योग गर्दा फाईदाजनक हुन्छ हामी सिकाउने गर्छौ ।
साथै योग सके पछि योग गर्न आएका सबै जना लाई भिजाएको चन्ना गुड (मिट्ठा) तथा आयुर्वेदिक चिया पनि खुवाईने गरिन्छ ।
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय वीरगञ्जका कार्यालय प्रमुख शिवनारायण गुप्ता ले बताए ।,सथै प्रतेक महिनाको १ गते र १५ गते नियमित रुपले निशुल्क सुगर टेस्ट BP टेस्ट तथा BMI टेस्ट पनि गरिन्छ । कसैलाई केही समस्या देखियो भन्ने निशुल्क औषधी पनि दिईन्छ ।
प्रमुख गुप्ता ले बताए,
म आएको २ बर्ष हुन लाग्यो म आएदेखि नै सबै लागु गरेको यो बिभिन्न रोग बाट ग्रसित रहेका सेवाग्राहीहरु यो बर्ष मात्रै आ.ब. २०८१/८२ मा साउन देखी फागुन मसान्तसम्म महिला १३२३ जना तथा पुरुष २११२ जना योग बाट सेवा लिएका छन गुप्ताले जानकारी दिए ।
